काठमाडौं – सल्यानमा जानकारीमुलक बोर्ड च्यात्ने दुई जना व्यक्ति पक्राउ परेका छन् । 

यसरी पक्राउ पर्नेहरुमा जिल्लाको शारदा नगरपालिका ३ बयलडाँडाका २५ वर्षीय मिलन जंग सारु र सोही ठाउँका १९ वर्षीय मनिस खरेल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । 

उनीहरुले शारदा ३ बयलडाँडा स्थित खलंगा बनगाड सडकखण्ड छेउमा जिल्ला प्रहरी कार्यालय ३ सय मिटर अगाडी लेखेर राखिएको जानकारीमुलक बोर्ड हिजो बिहिबार राती च्याती भाची पुर्ण रुपले क्षती पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिई उनीहरुविरुद्ध सार्वजनिक कसुरमा मुद्धा दर्ताको प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ