काठमाडौं – जापानको नागोया शहरमा नेपाली मिडिया सेन्टर जापानले आईतवार एक औपचारिक कार्याक्रमको बिच ग्रेटर नेपालको म्याप सार्वजनिक गरिएको छ। नेपाली मिडिया सेन्टर जापानका अध्यक्ष कविकिरण न्यौपानेको अध्यक्षतामा भएको उक्त औपचारिक कार्याक्रमको सञ्चालन भने मिडिया सेन्टरका सचिव राजविन थापाले गरेका थिए।

 कार्यक्रममा मिडिया सेन्टरका उपाध्यक्ष बिनोद कुमार सापकोटाले स्वागत मन्तव्य राखेका थिए भने अर्का उपाध्यक्ष श्याम शितलले कार्यक्रमको उद्देश्य माथी जानकारी दिएका थिए । कार्यक्रमको प्रमुख अतिथि नेपाली मेडिकल एसोसियसन, जापानका संयोजक डा. लुसुन चालिसे रहेका थिए । 

१ लाख ५० हजारको हाराहारीमा नेपालीहरु रहेको जापानमा हाम्रा सन्तानलाई हाम्रो मातृभूमिको र पुर्खाको गौरवमय इतिहास थाहा होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम राखिएको हो । हाम्रा पुर्खाहरुले गरेको बलिदानलाई स्मरण र सम्मान स्वरुप नेपाली मिडिया सेन्टर जापानले नेपालको ग्रेटर म्याप (ऐतिहाशिक नक्सा) प्रकाशन गरेको हो । उक्त नक्सा जापानमा सार्वजनिक एवं निशुल्क बितरण गरेको आयोजक टिमले बताईएको छ ।

कार्यक्रममा तोकाई बाटिका ईन्टरनेशनल स्कूलका प्रमुख सञ्चालक डा. सुदिप अधिकारी, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका सह–कोषाध्यक्ष राथा थापाकाजी, एनआरएनए जापानका निवर्तमान उपाध्यक्ष राजकुमार अधिकारी, एनआरएनए जापानका पुर्व उपाध्यक्ष डिलाराम खरेल, गल्कोट समाज जापानका पूर्व अध्यक्ष यम खत्रीले धारणा राखेका थिए ।

त्यस्तै मितेरी नेपालका अध्यक्ष चिरञ्जीवी सिग्देल, नेपाल पत्रकार महासंघ जापानका कार्य समिति सदस्य बिकास लम्साल ,एनआरएनए क्षेत्रिय समिति नागोयाका संयोजक भेषराज गौतम , नेपाली मिडिया सेन्टर जापानका सल्लाहकार हरिप्रसाद पोखरेल , स्याङ्जा समाज नागोयाका अध्यक्ष मित्र सिग्देल , मोना नागोयाका अध्यक्ष सागर बगाले, जनसम्पर्क समिति नागोयाका पूर्व अध्यक्ष चोलेन्द्र अधिकारी लगाएतले आफ्नो विचार रखेका थिए।