काठमाडौं - तीनकुनेस्थित बागमती पुलबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मोटरसाइकलमा सवार भक्तपुरका २१ वर्षीय शुशील गुरुङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। अर्का घाइते भक्तपुरका सरोज गुरुङको अहिले उपचार भइरहेको छ।
आज बिहान सवा ४ तिर तीनकुनेस्थित बागमती खोलाको पुलबाट मोटरसाइकल तल खसेको हो।


0 comment