काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलो सुनसहित एक विदेशी नागरिक पक्राउ परेकी छन्। 

दुबई हुँदै काठमाडौं आएकी फिलिपिन्सकी महिलालाई प्रहरीले शुक्रबार साँझ सुनसहित पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको विमानस्थलका प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।