नेपाल विध्युत प्राधिकरणले केहि हप्ता देखि यटखा, नरदेवि, रकतकालि, छेत्रपाटि क्षेत्र आसपासमा दैनिकजसो विद्युत काट्ने गरेको छ । कहिले काही दिनभरी विद्युत काटीदिन्छ भने कहिले काहि रातभरि । दैनिकी रुपमा १० देखि १५ घण्टा विद्युत काट्ने गरेको छ । विद्युत नहुँदा यस क्षेत्रमा बसोबास गर्ने व्यवसायी र आम जनताहरु पनि समस्यामा परेको स्थानियहरु बताउँछन् । 

बत्ति दैनिक जसो काट्नाले यहाँरहेका बैङ्क ,साना ब्यापारि र औषधि ब्यवसायिले धेरै घाटा ब्यहोर्नु परेको छ । विद्युत नहुँदा यहाँका व्यपारीहरु पनि मारमा परेको बताउछन् । 

अत: नेपाल विध्युत प्राधिकरण ले यसतर्फ तुरुन्त ध्यान दिइ बत्ति नकाटने ब्यबस्था मिलाउन अनुरोध गरिन्छ ! बत्ति धेरै काटेको बारे नेपाल विधुत प्राधिकरण को ताम्सिपाखा सब स्टेशन नरदेवि मा भन्दा समेत कुनै सुनुवाइ भएको छैन !