
प्रभातराज पाण्डे,
जो व्यक्ति बुद्ध, धर्म र संघको शरण गएको छ, जो व्यक्ति चार आर्य सत्यहरु जस्तै दुःख, दुःखको उत्पत्ति, दुःख द्धारा मुक्ति र मुक्तिगामी आर्य अष्टांगिक मार्गलाई सम्यक प्रज्ञाद्धारा बुझ्नु नै विपश्यना हो । विपश्यनाको शरणलाई प्राप्त गरेर व्यक्ति दुःखबाट मुक्त हुन्छ ।
भगवान बुद्ध प्रति श्रद्धा उत्पन्न भए महामंगल हुन्छ, महाकल्याण हुन्छ । तर भगवान बुद्ध प्रति श्रद्धा जाग्यो तर ज्ञानमयी, कर्ममयी श्रद्धा भएन भने जुन कल्याण हुनुपर्ने हो त्यो हुदैन । धर्मको मार्गमा अघि बढेन भने श्रद्धा द्धारा जुन लाभ हुनपर्ने हो त्यो हुदैन । ज्ञान रहित श्रद्धा भयो भने लाभ हुदैन । हामी विहान सवेरै उठेर “बुद्धं सरणं गच्छामी, धम्मं सरणं गच्छामी, सङ्गं सरणं गच्छामी । ”अर्थात् मेरो काम भइहाल्यो, मैले बुद्धको शरण गरिसकेँ भनेर दिनभरको लागि छुट्टी लिई दुष्ट आचरण र गलत काम ग¥यौँ भने आखिर बुद्धको शरणमा गएको के काम ? शरणमा गए पछि त मुक्त हुन प¥यो । धेरैले बुझेकै हुदैनन् की शरण व्यक्ति प्रति जाने होईन, उनको गुण प्रति जाने हो । हामीलाई “गौतम शरणं गच्छामी” भन्न सिकाईएको छैन, केवल “बुद्धं शरणं गच्छामी” अर्थात् बुद्धमा रहेको जुन रत्न छ, धर्ममा रहेको जुन रत्न छ, सघंमा रहेको जुन रत्न छ उनको शरणमा जाने हो, भन्नुको मतलव विपश्यनामा जाने हो ।
शरण दिने अरु कोहि हुदैन । आफ्नो लागि आफै द्धीप बाल्नुपर्छ । आफुभित्र धर्म उत्पन्न भयो भने मात्र शरण पाईन्छ, उसैले सुरक्षा दिन्छ, उसैले मंगल गर्छ । विपश्यनालाई बुझेर “बुद्धं शरणं गच्छामी” भनेमा श्रद्धा बलवान भई फलदायक हुन्छ । मानिसहरु पूजा गर्दछन्, मन्दिर बनाउँदछन्, मुर्ति बनाउँछन्, यस्तो गर्नु खराव होईन । खराव त तव हुन्छ, जव उनको साथमा बोधी हुदैन, ज्ञान हुदैन । एक जना महापुरुष महाज्ञानीे जसले शुद्ध विपश्यनाको धर्म सिकाउनु भई कल्याणको मार्ग देखाउनु भयो, जुन विद्या विलाईसकेको थियो, त्यसलाई खोजेर निकाल्नु भयो र मानिसहरुलाई बाड्नु भयो उहाँको उपकारलाई संझेर कृतज्ञताको भाव जागी त्यस्तेै गुण म मा पनि आओस् भन्ने प्रयत्न गर्नु पर्दछ ।
विपश्यनाद्धारा सारा लोकको बारेमा पुरा जानकारी भई सवै कुरा थाहा पाएमा सर्वज्ञ भईसकेको मानिन्छ । शरिरभित्रको यात्रा गर्दै–गर्दै मानिस सर्वज्ञ हुन्छ । विपश्यनाको मार्गमा अघि बड्दै गयौँ भने सर्वज्ञ हुन्छ । यसै तीन हातको शरिर भित्र क्रोध उत्पन्न भयो भने नरकमा गईन्छ, मनमा कुनै विकार जाग्यो भने अधोगति हुन्छ । पुण्य जाग्यो भने चित्तलाई निर्मल गर्छ र कुशल कर्म गरेको अनुभव हुन्छ । चित्त शान्त भए मैत्रि भई करुणा जाग्छ । विपश्यनाले यहि ब्राह्मणलोकको आनन्द आफुभित्र अनुभव हुन्छ, त्यसबाट निर्वाणिक अनुभव भई ईन्द्रिय भन्दा परको अवस्था र लोक भन्दा परको अवस्थाको अनुभव शरिरभित्र हुन्छ तव लोकको बारेमा सम्पूर्ण ज्ञान भई लोकविद् भईन्छ ।
विपश्यनाको विद्या संसारमा पटक–पटक जाग्यो र लुप्त पनि भयो । यस्ता महापुरुषले फेरी एकपटक खोजेर निकालिएको छ र मानिसहरुलाई बाडिदिनुभएको छ । गुरु शिष्य परम्पराद्धारा यो विद्या अहिले सम्म सुरक्षित छ । यस विद्याबाट फाईदा लिई शिल, समाधि, प्रज्ञामा पुष्ट हुदै जानु र विपश्यनाको आधारमा आफ्नो चित्तलाई निर्मल गर्दैरहनु भयो भने उसको मंगल, कल्याण, स्वस्ती र मुक्ति हुने निश्चित छ ।


0 comment