काठमाडौं - नेपाल आयल निगमले आईपीओ जारी गर्ने भएको छ।
निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गरिने बताए। थानीले सर्वसाधारणलाई निगममा अपनत्व जनाउन आईपीओ आवश्यक रहेको जिकिर गरे। निगममा सरकारको पूर्ण स्वामित्व छ।
कम्तीमा दुईवटा आर्थिक वर्ष नाफा गर्ने कम्पनीले आईपीओ जारी गर्न पाउँछ। तर निगमले अघिल्लो आर्थिक वर्षमा घाटा बेहोरेको थियो।
अर्को सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले पनि आईपीओ जारी गर्ने प्रक्रिया सुरु गरेको छ।

0 comment