
प्रभातराज पाण्डे,
“पूजा गर्न योग्य वुद्धहरु तथा उहाका योग्य श्रावकहरु जसले यो भव, प्रपञ्चलाई अतिक्रमण गरिसकेका छन् र शोक तथा भयलाई पार लगाई निर्वाण प्राप्त गरेर निर्भय भईसकेका मानिसहरुको पूजा गरेको पुण्यको मात्रा कति हुन्छ, यो भन्न नै सकिदैन” विपश्यना गर्न श्रद्धा अर्थात् शुद्ध ज्ञानको महत्वले भरिएको श्रद्धा हुनुपर्छ, सत्कर्म गर्ने उत्साह र उमंगले भरिपुर्ण श्रद्धा हुुनुपर्छ । अन्धश्रद्धा होईन की समझदार भएको श्रद्धा हुनुपर्छ । यस्तो श्रद्धालाई “धम्मं सरणं गच्छामि” अर्थात् धर्मको शरण गर्दछु भनिन्छ । हिन्दु धर्म होईन, वौद्ध धर्म होईन, जैन धर्म होईन, ईसाई धर्म होईन, सिक्ख धर्म होईन, मुस्लिम धर्म होईन, धर्म त अनन्त छ । धर्म त अपरिमित हुन्छ । हिन्दु धर्म केवल हिन्दुहरुको मात्र हुने भयो, वौद्ध धर्म केवल बौद्धहरुको मात्र हुने भयो, यस्तै प्रकारले जैन धर्म, इसाई धर्म, मुस्लिम धर्म भन्यो भने एउटा वर्ग विशेषको मात्र हुने भयो, एक समुह विशेषको मात्र हुने भयो । धर्म त सवैको हो । धर्मको शरण भन्नाले आफुले जुन ग्रहण गरेको, धारण गरेकोछ त्यही धर्म हो । गच्छामि भन्नाले धर्मको मार्गमा अघि बढ्छु भनेको हो । धर्मको मार्गमा हिड्यो भने पो धर्मले शरण दिन्छ ।
जो व्यक्ति सहि मार्गमा अघि बड्छ, ज्ञानको मार्गमा अघि बड्छ त्यो व्यक्ति अघि बढ्दै–बढ्दै निर्वाणको साक्षात्कार प्राप्त गर्दछ, त्यहि नै विपश्यना हो । कोहि व्यक्ति युद्धमा गयो भने दुई–चार घण्टा त युद्ध गर्छ, अरुलाई मार्छ र आफु पनि मारिन्छ अनि युद्ध समाप्त हुन्छ भने जस्तै सन्तको युद्ध त जिवनभरको लागि हुन्छ । आफ्नो मनको पुरानो स्वभावका कारणले राग गर्न थाल्छ, द्धेष गर्न थाल्छ, विपश्यनाले त्यसलाई रोक्छ, फेरि शुरु हुन्छ फेरि रोक्छ । यस्तै गरेर ठुलो संग्राम चल्दछ । हजारौ मानिसहरुले हजारौ पटक जिते पनि विजयी भनिदैन, जसले आफुभित्र हेरेर आफुलाई जित्दछ, आफ्ना विकारहरुलाई जित्दछ, आफ्नो मनलाई शुद्ध वनाउदछ उसैलाई विजयी भनिन्छ । ठीक तरिकाले विपश्यना ग¥यौ भने यो सम्भव हन्छ अन्यथा विजयी हुन सम्भव छैन ।
जुन दिन प्रत्यक्ष आफुले विपश्यनाका माध्यमबाट अनुभव गर्छ तव प्रज्ञा हुन्छ, अर्थात् आफुभित्रको सत्यको ज्ञान उजागर हुन थाल्छ । यो शरिर प्रपञ्च हो यो चित्त प्रपञ्च हो, मनमा अलिकति अप्रिय अनुभव हुनासाथ पुरानो स्वभावको कारण मनमा द्धेष आउन थाल्छ । मनमा अलिकति प्रिय अनुभुति हुने वित्तिकै राग उत्पन्न हुन थाल्छ । जव–जव होस खुल्छ तव चित्त समतामा स्थापित हुन्छ । विपश्यनाको अभ्यास गरिरहदा मन भित्र दुखद, सुखद समवेदना पनि आउँछ, स्थूल समवेदना पनि आउँछ, सुक्ष्म समवेदना पनि आउँछ । स्थूल समवेदना आयो भने मन दुःखी भई उदास हुन थाल्छ र साधना त राम्रो भएन, अभ्यास सहि भईरहेको छैन भन्ने हुन्छ । सुक्ष्म समवेदना आयो भने शरिरमा तरंग नै तरंग उत्पन्न भई साधना राम्रो भयो भन्ने ठान्छ । यसरी समवेदनाले मन भित्र खेल खेल्न थाल्छ । जसरी की बाहिरको दुनियामा मन नपर्ने घटना हुनासाथ डिप्रेशन आउँछ र मन पर्ने कुरा भयो भने खुशीले नाच्दछ । विपश्यनालाई खुव बुझेर प्रज्ञा बढाउनु पर्छ । जव समतावान प्रज्ञा जिवनमा र व्यवहारमा आउन थाल्छ त्यो विपश्यना सहि भएको मानिन्छ । जिवनमा उतार–चढाव त आउँछ नै कसरी समतापूर्वक जिवन ज्यूने र मनलाई सन्तुलित बनाई राख्ने कला भन्नु नै विपश्यना हो । विपश्यनाको शुद्ध मार्गमा हिडेर समताको जिवन बाच्न सिक्यौँ भने मंगल नै मगंल हुन्छ ।


0 comment