भारतको राजधानी नयाँ दिल्लीमा सेप्टेम्बर ९ र १० मा आयोजित जी २० शिखर सम्मेलन जी २० लिडर्स घोषणापत्र जारी गर्दै अत्य भएको छ । शिखर सम्मेलनमा सदस्य राष्ट्रहरु भारत, अर्जेन्टिना, अस्टे«लिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, इण्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेविया, दक्षिण अफ्रिका, बेलायत, अमेरिक र युरोपेली युनियनका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलन आयोजना गरेर भारतले अन्तर्राराष्ट्रिय जगतमा आफु उदयीमान विकसित राष्ट्ररहेको सन्देश प्रवाह गर्न खोजेको छ । गरिबी, बेरोजगारी र भोकमरीलाई लुकाएर जसरी भारतले समृद्धिको शान प्रदर्शन गर्न खोज्यो त्यो भने विश्व जगतको नजरबाट सायद छिपेको छैन । 

एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा निरपेक्ष गरिबीको रेखामुनि रहनेको जनसंख्या ठूलो छ । धनि र गरिब बीचको खाडल भारतमा झन् झन् गहिरिदै छ । सिमित धनाढ्यहरुसँग ६५ प्रतिशत भन्दा बढी जमिनरहेको छ । विदेशी बैंकमा कालो धन थुपार्ने व्यपारीहरुले भारतीय अर्थतन्त्रमा भ्वाङ पारिसकेका छन् । युवा बेरोजगारी दर कहालि लाग्दो छ । भारतीय युवाहरु खाडीमुलुकहरुमा ५०–६० डिग्री सेल्सियस तापमानमा पिल्सन बाध्य छन् । भारतीय माग्नेहरुको संख्यामा दिनानुदिन बढोत्तरी भैरहेको छ । भारतीय माग्नेहरु जोगीदेखि अपंगता भएका र गरिबीले अक्रान्त भएकाहरु भारतमा मात्र सिमित छैनन् । तिनीहरु खुला सिमाको फाइदा उठाएर नेपालभित्र छ्यापछ्याप्ती छन् । यसले भारतीय अर्थराजनीतिको चेहरालाई छर्लङ्ग पारिरहेको छ । सामाजिक असमानता, बिभेद, संस्कृतिक मनमुताब र अत्यासलाग्दो गरिबी, अभाव र दरिद्रताले भारतीय जनजीवन निकै कष्टपूर्ण बनेको छ । 

जी–२० शिखर सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनाहरुलाई आफ्नो गरिबी लुकाउन मोदी सरकारले जुन अमानवीय हर्कतहरु गर्‍यो, त्यसलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले समेत निन्दा गरेका छन् । जी–२० सम्मेलनका लागि भनेर दिल्लीमा भएका दर्जनौ झुपडबस्तीहरु पुर्ण रुपमा नष्ट बनाइएको फ्रेन्च पत्रिका ‘ल मोन्ड’ ले अधिकारीहरुलाई उद्धत गर्दै लेखेको छ । बस्ती भत्काउन त्यहाँ बसोबास गर्दै आएका लाख भन्दा बढी बासिन्दाहरुलाई कुनै बैकल्पिक आवास अदिएकाले उनीहरु घरबार बिहिन हुन पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बिदेशी पाहुनबाट गरिबी लुकाउने प्रयास गरेको यो पहिलो चोटी भने होइन । सन् २०२० मा मोदीले उनको गृहराज्य गुजरातको राजधानी अहमदाबादमा तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का लागि बिशेष कार्यक्रम आयोजना गरेका थिए । त्यतिबेला पनि ट्रम्प बिमानस्थल कार्यक्रमस्थलसम्म पुग्ने सडक छेउका विपन्न बस्ती लुकाउन अग्ला पर्खाल बनाएका थिए ।

ग्रेटर नेपाल, राष्ट्रिय मासिक