काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र गएरातिदेखि परेको अविरल वर्षाका कारण दुबानमा परेका छ । विशेषगरी सेती प्रादेशिक अस्पताल, पार्कमोडलगायतका क्षेत्र जलमग्न भएका हुन् । अस्पतालका वार्डहरुमा वर्षाको पानी पसेपछि बिरामीहरुलाई सास्ती भएको हो । अविरल वर्षाका कारण धनगढी बजार क्षेत्रका एलएन चोक, विशालनगर, हसनपुर क्षेत्र जलमग्न भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति वार्ड र शल्यक्रिया कक्षमा पानी पसेको छ । वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या भएको हो ।
सडक निर्माणको कार्य भइरहेको मुख्य सडकमा पनि पानी निकास नहुँदा हिलाम्य हुनुका साथै जलमग्न भएका छन् । जसका कारण आवातजावातमा समस्या भएको छ ।
पानीको निकास नहुँदा धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा बढी डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


0 comment