काठमाडौं – मन्त्रालयको सचिव हुँ भन्दै ठगी गर्दै हिड्ने गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा, कालीकोट शुभकालिका गाउँपालिका ८ मुग्राह घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ खजुराका २९ वर्षीय अम्मरराज सेजुवाल रहेको कैलालीका डीएसपी कुलदिप चन्दले जानकारी दिएका छन् । विभिन्न मन्लायको सचिव तथा मन्त्रीको स्वकीय सचिव तथा  कार्यालय प्रमुख हुँ भनी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको चन्दले बताएका छन् । 

सेजुवालले अन्य व्यक्तिहरूलाई विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गरेको आरेप छ, सोही आरोपमा उनी माथी उजुरी परेको थियो ।