काठमाडौं - भ्रष्टाचारको मुद्दामा विशेष अदालत काठमाडौंले गरेका फैसला चित्त नबुझेको भन्दै अख्तियार सुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावदेन गरेको छ।
महानन्द कपाडी, देवराज कपाडी र हरिनाथ प्रतिवादी रहेको गैर हाजिर रहेको अवधिको तलब भत्ता लिइ/दिइ भ्रष्टाचार गरेको मुद्दाको फैसलमा चित्त नबुझेपछि अख्तियारले पुनरावेदन दिएको हो।
कर्तव्य ज्यान मु्द्दामा दोषी ठहर भएपछि बैतडीको जसलिंग प्राथमिक विद्यालयका शिक्षक महान्दलाई निलम्बन नगरी विद्यालयबाट पाउने तलब भत्ता सुविधा प्रदान गरेको भन्दै सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज र स्रोतव्यक्ति हरिनाथविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरुले ८१ हजार ९ सय रुपैयाँ सरकारी रकम लिइ हिनामिना गरेको ठहर गर्दै अख्तियारले सोही रकम बराबरको विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
विशेष अदालतले सोही मुद्दामा गत वैशाख १ गते अख्तियारले माग गरेको विगो बराबरको रकम प्रतिवादी महानन्दले विद्यालयको खातामा जम्मा गरिसकेको देखिन आएको भन्दै ४ महिना कैद सजायको फैसला गरेको थियो। यस्तै, हरिनाथ स्रोतव्यक्तिको रुपमा विद्यालय व्यवस्थापन समितिको बैठकमा आमन्त्रित व्यक्तिको रुपमा उपस्थिती जनाएको र उनले तलब भत्ता भुक्तानी दिने आर्थिक कारोबारमा संलग्न नभएको ठहर गर्दै विशेषले सफाइ दिएको थियो।

0 comment