प्रभातराज पाण्डे,

“दुष्चरित्र हुनु स्त्रीको दुर्गुण हो, गरिव हुनु दाताको दुर्गुण हो र पापकर्म गर्नु यो लोक र परलोकको दुर्गुण हो । यो भन्दा पनि अविद्या सवैभन्दा ठुलो दुर्गुण हो । यी दुर्गुणहरुलाई हटाएर विपश्यनाका माध्यमबाट पूर्ण रुपमा निर्मल बन” भन्ने आर्चाय गुरु सत्यनारायण गोयनका ज्यूको आर्शिवचनलाई पालना गर्न धर्मको धारण र धर्मको पालन जरुरी छ । धारण गर्नाले नै धर्म हुन्छ र धर्मको फल पाउँदछ । अन्यथा मन्दिरमा गरिने धर्म, मस्जिदमा गरिने धर्म, चैत्यमा गरिने धर्म धर्म होईन, यी त ग्रन्थमा उल्लेख गरिएका धर्म मात्र हुन । जिवनमा धर्म उत्रिएन भने धर्म कसरी हुन्छ ? धारण गर्नाले नै धर्म हुन्छ । 

जसले धारण गर्छ उसले धर्म पाउँदछ । धारण नगरी, अनुभव नगरी केवल चर्चा नै चर्चा गर्दा त्यहाँ वाद–विवाद, तर्क–वितर्क नै हुन्छ । धर्म वाद–विवादका लागि हुँदै होईन । धर्म धारण गरेर, अनभव गरेर हेर्नु पर्छ, तव मात्र सारा विवाद हट्नेछ । कोही मानिस विपश्यना गर्न अनुभवका लागि मात्र आउँदछन् । हुनसक्छ उनको मनमा पहिले देखि कुनै शंका उपशंका थियो, हिचकिचाहट थियो, तर विपश्यनाको अनुभव गर्दै गएपछि यी सवै हट्दै गएका छन् । शिलको पालन गरियो, मनलाई एकाग्र बनायो, स्वासको आलम्वन लिएर एकाग्र गरियो, फेरि शरिरमा हुने समवेदनालाई आधार मानेर मनलाई सफा गरियो भने सार्वजनिन भयो अर्थात् कुनै समस्या भएन र फल पनि पायो । यदि कसैले धर्मको नाममा मरे पछि फल पाउने छ भन्यो भने त्यो गलत हुनेछ । धर्म गरेको पुण्यको फल त अहिले नै पाउनु पर्छ । अहिले धर्म धारण गरेपछि भव मुक्ति हुनेछ, संसार चक्रबाट मुक्ति प्राप्त हुनेछ । मनमा विकार भईकन मुक्त हुने, पार हुने, जन्म मरणको चक्करवाट छुट्कारा हुने सोच कसैले राखेको छ भने त्यो धोका हो । धर्म पालन गरिरहेकोछ, तर विकार कम भएको छैन, मरेपछि यसको फल पाउँछ, तव मुक्ति हुन्छ भन्ने आशा गरेर वसेको छ भने त्यो धोका भयो, त्यसवाट बच्नुपर्छ । यदि धर्म सहि हो र त्यसको पालन गरेको छ भने नतिजा तुरुन्त आउनुपर्छ, परिणाम धेरथोर आउनुपर्छ । विकार थोरै –थोरै निक्लेको होस तर निस्कन सुरु भयो भने धर्म पालन गरेको ठहरिन्छ । धर्म पालन गरेको छ भने धर्मको रसस्वादन गर्नुपर्छ । उदाहरणका लागि रसवरी मिठो छ भनेर कसैले भनेको भरमा मिठो होला भनि स्विकार गर्न सकिन्छ । सायद त्यो व्यक्तिले यसमा चिनि हालेकोले यो मिठो भयो भनेर बुझाईदेला, तर आफुले नखाए सम्म मिठो हो भनेर थाहा नै हुन्न । आफुले चाखे पछि नै सच्चै मिठो रहेछ भनेर थाहा हुन्छ । त्यस्तै धर्मको चर्चा नै चर्चा वाद–विवाद, तर्क–वितर्क गरेमा धर्मको जुन फल पाउनुपर्ने हो त्यसबाट वञ्चित रहन्छ । धर्मको पालन गर्ने कुरालाई लिएर एक आपसमा झगडा, मारपिट, तमासा गर्नु हुदैन । धर्म सवैको हो, चित्तलाई निर्मल गर्नु नै धर्म हो, विकार विमुक्त गर्नु नै धर्म हो, यहि सवै जना चाहन्छन् । कुनै पनि परम्पराको ग्रन्थ खोलेर हे¥यौं भने धर्मका कुराहरु उल्लेख गरेको पाईन्छ, विपश्यनाको कुरा उल्लेख गरेको हुन्छ तर पालन नगरि केवल पाठ मात्र गरियो भने धर्मको पालना हुन सक्दैन । धर्मको पालना ग¥यो भने नै धर्म हुन्छ, कल्याण हुन्छ । 

विपश्यनाको शिविरमा विभिन्न सम्प्रदायका मानिसहरु भाग लिन आउछन्  र शिविर सकिएपछि बल्ल बुँझे भन्दछन्, तर के बुझको हो भन्ने उनीहरुलाई थाहा नै हुदैन । त्यस्तै  धर्म हो भने सार्वजनिन हुन्छ, सवैका लागि समान रुपले कल्याण गर्ने हुन्छ । धर्म जोसुकैले धारण गरोस्, कुनै सम्प्रदाय मान्ने व्यक्ति होस्, कुनै जात–जातीको होस्,  कुनै वर्णको होस्, कुनै गोत्रको होस्, कनै रंग–रुपको होस्, चाहे पुरुष होस् चाहे नारि होस केहि फरक पर्दैन । धर्म जसले धारण गर्छ, उसलाई राम्रो परिणम अवश्य आउछ । राम्रो परिणाम आयो भने सहि भयो, सार्वजनिन भयो, सार्वदेसिक भयो सार्वकालिक भयो । 

विपश्यना धेरै पुरानो विद्या हो । यस विद्यालाई धेरैले विर्सिएर लुप्त भईसकेको थियो । अव फेरि उदाएको छ, राम्ररी बुझेर यसलाई अपनाउनु, स्विकार गर्नु भनेको परिणाम राम्रो आउनु नै हो । विपश्यनाद्धारा राग निस्किन्छ, द्धेष हट्छ, क्रोधको विनाश हुन्छ, वासना पग्लिन्छ, भय नष्ट हुन्छ, अहंकार छुट्छ । मनका सवै कमजोरीहरु हट्छ र मन बलवान हुन्छ । यी सारा विपश्यनाका गुणहरु हुन । विपश्यना जव धारण गरिन्छ तव मात्र फल प्राप्त हुन्छ, कुरैकुराले केहि हुदैन । विपश्यना धारण गर्न मेहनत गर्नु पर्छ । धारण गर्न जसले प्रयास गर्छ उसको मंगल नै मंगल हुन्छ, कल्याण नै कल्याण हुन्छ, स्वस्ति नै स्वस्ति हुन्छ, मुक्ति नै मुक्ति हुन्छ ।