काठमाडौं – कैलालीमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने उक्त मोटर साईकलमा सवार एक जना घाईत भएका छन् । 

यसरी दुर्घटनामा परी मृत्यु हुनेमा, डडेल्धुरको आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहरा रहेको प्रहरीले जानकारी दिएको छ । 

जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक आज से २ प ९८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको पनी प्रहरीले बताएको छ । 

मोटर साईकल चालक नविनको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको हो भने, मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन् । घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।