काठमाडौं – कांग्रेसले अघि सारेको समाजवाद नारामा मात्रै सिमित रहेको नेकपा महासचिव नेत्रविक्रम चन्द “विप्लव”ले बताएका छन् । 

उनले अहिले कांग्रेसले अघि सारेको समाजवाद नारा मात्रै भएको र त्यसमा कुनै कार्यक्रम नरहेको जिकिर गरेका छन् । कांग्रेसले अघि सारेको समाजवाद नारा मात्रै हो, त्यसमा कुनै कार्यक्रम छैन । 

शनिबार काठमाडौंमा जन अधिकार अभियान नेपालको आठौं साधारण सभामा बोल्दै विप्लवले अहिलेको संविधान अपूर्ण रहेकाले जनताको चाहना पूरा गर्न नसक्ने बताएका हुन् । संविधानले परिवर्तन र विकासको माग गरेको र जनताको प्रतिविम्बित गर्ने गरि पूर्णता दिन कानूनविद् र अधिकारकर्मीले पनि आवाज उठाउनुपर्ने उनको भनाई रहेको छ । कर्सी र पदको सुविधा नभई नेपाली जनताले चाहेको कानुन बनाउनुपर्ने र त्यसो हुन नसके संविधान कागजको खोष्टो मात्रै हुने उनले बताएका छन् । 

विप्लवले नेपाल र जनतामाथि देखिएको चूनौति सामना गर्न समाजवादी मोर्चाको आवश्यकता पुष्टि हुँदै गएको र मोर्चाले नै देशलाई रुपान्तरणतर्फ अघि बढाउने धारणा राखेका छन् ।