सिन्धुपाल्चोक - जिल्लाको बलेफी गाउँपालिका - ७ र सुनकोसी गाउँपालिका - ७ खाडीचौरमा रहेको लामुसाँघु जिरी जाने मोटर पुल जोखिममा रहेको छ ।  

खाडीचौरबाट जिरी जाने उक्त मोटर पुलमा खिया लागेको छ । सडक बिभाग र स्थानीयको लापरबाहीका कारण स्थानीयले पुल  फोहोर फाल्दा ट्रसमा फोहोर अडकीएर पुलमा खिया लागेको हो । सडक बिभागले मर्मत सम्भार नगर्दा जुनै बेला पनि लामुसाँघु जिरी खण्डको उक्त मोटर पुल सुनकोसी नदिमा खस्ने सम्भावना छ । 

हुन त २०२३ भन्दा पछि अरनिको राजमार्गमा बनेका कुनै पनि पुल अहिलेसम्म केहि भएको छैन । तर, तत्काल मर्मत सम्भार नगर्ने हो भने सुनकोसी नदिमाथि रहेको यो पुल जुनै बेला पनि खस्ने सम्भावना छ । 

यथाशिघ्र स्थानीयलाई पुलबाट नदीमा फोहोर फाल्नबाट रोक्न अनि पुलको मर्मत सम्भार गर्नेतर्फ स्थानीय सरकार र सडक बिभागको ध्यान सबेलैमा जाओस् ।