काठमाडौं – अमेरिकी डलर साटिदिन्छु भनि धुलिखेल जंगल बोलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ बस्ने ४० वर्षीय सोकबहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार दिउँसो १ बजे धुलिखेल हिमालयन होटल नजिकै जंगलमा डलर साटदिन्छु भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक अनिल कुमार बैठाको कमाण्डमा खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका तमाङ्गसंग प्रहरीले अमेरिकी डलर ५० दरको ६५० डलर, २० रुपैयाँ दरको १२ हजार र तीन थान मोबाइल बरामद गरेको छ ।
तमाङ्गलाई नियन्त्रणमालिई यसबारे थप अनुशन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

0 comment