काठमाडौं – शिक्षकको अन्दोलनमा उपस्थित हुन आएका बझाङ केदारस्युँ गाँउपालिका–४, रत्न माध्यमिक विद्यालयका मावि का इन्द्रबहादुर मल्ल अहिले सामाजिक सञ्जालमा भायरल भएका छन् । मल्ल रत्न माध्यमिक विद्यालयमा राहत कोटामा रहेका छन् ।
बझाङबाट काठमाडौंबाट शिक्षकको आन्दोलनमा सहभागी हुन पुगेका मल्ल गंगबुमा मदिराले लट्ठ अवस्थामा भेटिएपछि उनी सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएको हो।
शिक्षा विधेयकको विरोध गर्न काठमाडौं पुगेका मल्ल शिक्षक पोशाकमै मदिराले लट्ठ देखिएका छन्। घाँटीमा शिक्षक परिचयपत्र (आइडी कार्ड) भिरेका मल्ल सुर्ती माड्दै स्थानीयहरूसँग कुरा गरिरहेका भिडिओमा देखिन्छन्। स्थानीयसँग कुरा गरिरहँदा उनले सुर्ती माडेर मुखमा राख्छन्। एक स्थानीयले उनको घाँटीमा झुण्ड्याएको आइडी कार्ड हेरेपछि उनी बझाङको भएको खुल्न गएको हो। स्थानीयसँग कुरा गर्दै उनी भन्छन्, ‘शिक्षकहरूको आन्दोलन होइन, डिमान्ड हो, माग हो।’
शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन्। उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन्।


0 comment