काठमाडौं - जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
मलङ्गवा नगरपालिका वडा नं.३ मा गणेश पूजाको मूर्ती सेलाउने क्रममा दुई समुदायबीच झडप भइ तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। प्रशासनले जारी गरेको विज्ञप्तिमा अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू जारी रहने उल्लेख गरिएको छ।
शुक्रबार बिहानैबाट बजार क्षेत्रमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।
दुई समुदायबीच ढुङ्गा हानहान हुँदा ८ जना सर्वसधारण घाइते भएका थिए भने एकजना सशस्त्र प्रहरी पनि घाइते भएका थिए। घाइतेहरु प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि डिस्चार्ज भइसकेका छन्।
घम्भीर गम्भीर घाइते भएका मलङ्गवा नगरपालिका–७ का २३ वर्षीय रुपेश यादवको भने वीरगञ्जमा उपचार भइरहेको छ। यादवको अवस्था सुधारोन्मुख छ।


0 comment