
डा. शास्त्रदत्त पन्त,
काठमाडौं – नेपाल एकीकरण काटमार र आतङ्गबाट भएको हैन, यो त राजा र नेपाली जनता, सबै जात थर, गोत्र, लिङ्गको संयुक्त धर्म बलबाट भएको थियो । यस्तो बैदिक संस्कारका एकता भङ्ग गरेरै गोराले भारतमा शासन गरेका थिए । त्यही सिको भारतीयले नेपालमा गरिरहेका छन् । त्यही नीतिका योजनाकारहरु पनि यसो गर्न संलग्न भएका छन् । सर्वप्रथम नेपालको अनेकताभित्र रहेको एकतालाई भङ्ग गर्ने उनीहरुको प्रमुख योजना हो ।
विश्वमै अद्वितीय राजनीति सहमति मानिएको १२ बुदे दिल्ली योजनाले नै नेपाल अद्वितीय संकटमा धकेलिएको हो । अर्धचेतन, दुरदृष्टि विहीन निहित स्वार्थपरक, नेपाल र नेपालीत्वको भावना नभएका, धर्म संस्कार र सभ्यता छाडेका असंवेदनशील, माओष्टि विचारवादबाट कुण्ठित तथा साउथ ब्लक र इसाई समाजको दासत्व स्वीकारेका सातदल र माओवादी नै तिस बर्षमा देश बर्बाद गरेका हुन् ।
जन्मजात एकले अर्कोलाई वर्गशत्रु मानेर बसेका दुई दल मिलेपछि नेपाल धराको स्वर्ग बन्ने आशा सर्वसाधारणले लिएका थिए । अथवा नेपाली दलहरु नेपाली भएर सोच्छन् भन्ने आशा थियो । तर परिणाम भने आशा गरेभन्दा विपरित भयो । शासनसत्ता परिवर्तनपछि नेपाल भ्रष्टचार, कुशासन, दण्डहिनता, अराजकता, बलात्कार, अपहरण, लुट, ठगी, तस्करी, कालाबजारीयाको केन्द्रस्थल बनेको छ । नेपाल विश्व तरकारको राजधानी बनेको छ । आई.एस.आई., आइ.एस.आइ.एस नेपालबाट छिरेर मुम्बैमा उधुम मच्यायो भनेर आवाज उठाई रहेको छ । नेपालको सीमाभरि वि.एस.एफ.को उपस्थितिलाई कडा पारेको छ । त्यसले नेपालको सीमा अतिक्रमण गराएको छ, नेपालका काठ र जडिबुटी तरकरी गराएको छ, भारतमा गएर काम गरी स्थलमार्गबाट नेपाल भित्रिने नेपालीहरुको नगद जिन्सी लुट्ने गरेको छ वर सीमा ओहोरदोहोर गर्ने नेपालीको ज्यान लिने पनि गरेको छ ।
अब नेपाली धेरै थाकेका छन् । उनिहरुको एउटै चाह छ, बरु आधा पेट खाने, फाटेको लगाउने, छाप्रोमा बस्ने तर सबैखाले हिंसा र रक्तपातहीन ‘शान्त’ मुलुकमा बस्ने । यी बाहिरी दुई शक्तिले त्यही कुरा हुन दिई राखेका छैनन् । यी दुबै शक्तिले नेपालमा अशान्तिलाई निरन्तरता दिने र त्यसलाई झन्झन् चर्काउँदै लैजाने राणनीतिमा रहेको देखिन्छ ।
नेपालमा अशान्ति चक्र्यो भने यी दुईलाई थप बहाना बन्छ । जसरी बङ्गलादेशका सरणार्थीको बहानाले विश्वविचारलाई निस्तेज पारेर भारतले सेना प्रयोग गरेर देश टुक्याइदियो त्यो षड्यन्त्र नेपालमा पनि भै रहेको छ । नेपालमा सबै खेल एकै साथ भएका छन् । फिजिकरण, बङ्गलादेशकरण, भूटानीकरण र सिक्किमिकरण । नागरिकता, रोजगार, व्यापार, राजनीति, अर्थनीति, अर्थनीतिमा घूसपैठ यसैको आशय हो । सिक्किम बनाउन नसके पनि देश टुक्रुयाउन एक मधेश एक प्रदेश र भारतीय भित्रिन सजिलो नागरिकता बनाइएको छ । गणतन्त्र भएपछि व्यवहारतः भूटानजस्तो भईसकेको छ ।
संघात्मकता, जातीय राज्य, आरक्षण र भाषिक कचिंगल एकता भङ्ग गराउने उपाय हुन् । आपसमा लडाउने तरिका हुन् । आज इसाईले पनि फुटाउने काम गरेका छन् । यिनीहरुले त नारी पुरुषबीच झगडा गराएका छन् । पारपाचुके र सेक्सफ्री समाज बनाएकाछन् । सरोगी पुत्रपुत्री, लिभिङ्ग टुगेदर, भु्रणहत्या, कुमारी आमा, समलिङ्गि विवाह, गर्भपतन, पतिपत्नी फेर्ने रहर बढाइ दिएका छन् । त्यसै गरि नेपाली–नेपाली बीच लडाउने, भिडाउने र वितण्डा मच्याउने अनेकथरीका काम गरिरहेका छन् । एन.जी.ओ. भनेका यस्तै कामका लागि स्थलगत सेना हुन् ।
यी कामले देशलाई गरिब बनाई राख्ने यिनको ध्येय छ । गरीब पैसामा बिक्छ र भनेको पनि मान्छ भन्ने छ । भारतको ७ बर्ष स्वेच्छाको विकास योजना र पश्चिमाको आइ.एन.जी.ओ. को अवधारणा नै बिथोलिएका गरीब नेपालीलाई किन्ने तरिका हो । यसका लागि बर्षको ३ अर्ब रुपैया त सार्बजनिक रुपमा भारतीय दुताबासले खर्च गर्ने गरेको छ, त्यो भन्दा बढी आइएनजीओले खर्चिरहेको छ ।
सहयोगको नाममा एउटा राष्ट्रले अर्को छिमेकी राष्ट्रमा गर्ने यो भन्दा निकृष्ट अर्को कुनै काम हुनै सक्दैन । स्वीजरलैण्डको सपना बाँडेर इथोपिया बनाईदै छ । नेपाली जनतालाई झुक्याँइदैछ । यतिखेर नेपाली जनता ठूलो विश्वासको संकटमा छन् । कुन दल वा नेतामा विश्वास गर्ने कुनमा नगर्ने संकट छ । जति जोगी आए पनि कानै चिरेका व्यवहारमै देखिएका छन् । जनताको चाहना नेपालीत्वमा नबदलिइकन यो समस्या हल हुनै सक्दैन । अनेकतातिरका पाइला अब फर्काएर एकतातिर ल्याउनु परेको छ ।


0 comment