काठमाडौं – कैलालीको टिकापुरमा सुरक्षा कर्मी र नावालकको ज्यान जाने गरी भएको घटनामा अदालतले दोषि ठहर गरेका ४ कैदी वन्दीले आम माफि पाएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिले उनिहरुलाई आम माफि दिएसंगै उनीहरु रिहा भएका हुन । 

यसरी रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेका छन् ।

त्यसैगरी टीकापुर घटनामा दोषि ठहर भएपछि बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएका छन् । उनलाई पोखरामा राखिएको थियो । बाल सुधार गृहबाट रिहा भएपछि उनलाई  बुधबारनै पोखराबाट काठमाडौं हुँदै धनगढी ल्याइने नागरिक उन्मुपिक्त पार्टीले जनाएको छ ।