काठमाडौं – फिफिया एपमार्फत ११ लाख ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा भोजपुरको हतुवागढी गाउँपालिका–६, घर भई हाल काठमाडौं टोखा नगरपालिका–६ बस्दै आएकी २८ वर्षीया दादिकी शेर्पा (राई) रहेको प्रहरीले जानकारी दिएको छ ।
राईले विभिन्न सामाजिक सञ्जालमा साथी बनाएर जीमेल आइडीमा फिफिया एपको लिंक पठाएर इन्सटल गर्न लगाउने र अनलाइन बेटिङ गर्न लगाएर रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनले बेटिङ गर्नका लागि रकम डिपोजिट गर्न लगाउने र रकम डिपोजिट गरेको ९० मिनेटभित्र लगानी गरेको रकममा १.४८ प्रतिशतका दरले फाइदा हुन्छ भन्ने झुट्ठा आश्वासन दिई प्रलोभन देखाई ११ लाख २७ हजार बराबरको रकम ठगी गरेको पनी प्रहरीले जनाएको छ ।
पक्राउ परेकी राईलाई कानुनबमोजिम ठगी तथा सट्टाबाजी सम्बन्धी कसुर मुद्धामा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ ।

0 comment