काठमाडौं – नेपाल विश्व शान्ति विकास समाजको आयोजनामा आज प्रज्ञा भवनमा एक भब्य कार्याक्रमका साथ ४३ औं विश्व शान्ति दिवस मनाइयो । प्रमुख अतिथी खिल राज रेग्मीले सो कार्याक्रमको दियो बालेर उद्घाटन गर्नु भएको थियो ।  ‘एक्सन फर पिस ः आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ भन्ने नाराका साथ ४३ औं विश्व शान्ति दिवस मनाएको हो ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् ।

संयुक्त राष्ट्र संघको ४३ औं विश्व शान्ति दिवसको उपलक्ष्यमा मन्त्रीपरिषद्का सम्माननीय पुर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायधीश श्री खिलराज रेग्मी ज्यूबाट शान्ति स्मारिका २०८० र चन्द्रकान्त आचार्यद्वारा लिखित Frindship उपान्यासको विमोचन कार्यक्रम पनि राखिएको थियो । 

कार्याक्रमका संयोजक निरंन्जनमान सिंह बस्नेट, नेपाल विश्व शान्ति विकास समाजका अध्यक्ष प्रा. डा. खेमबन्धु कोइराला, बरिष्ट अधिबक्ता कृष्ण प्रसाद भण्डारी, खिलराज रेग्मी, इतिहास विद डा. सुरेन्द्र के.सी., वरिष्ठ साहित्यकार बेन्जु शर्मा, मदन पुरस्कार प्राप्त लेखकसिमाविद बुद्धिनारायण श्रेष्ठ, खिलराज रेग्मी लगायतले कार्याक्रममा आफ्नो राख्नु भएको थियो । समयलाई ध्यानमा राखि प्रत्येक बक्तालाई बढीमा ५ मिनेट मात्र समय दिइएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथीे इतिहास विद डा. सुरेन्द्र के.सी ज्यूले विश्वले नै शान्ति चाहिरहेको करालाई बर्णन गर्दे  रसिया र युक्रेनको युद्ध रोकिनु आजको आवश्यकता हो भन्ने कुरालाई जोडदिनुभयो । 
नेपाल विश्व शान्ति विकास समाजका अध्यक्ष प्रा.डा. खेमबन्धु कोइरालाले प्रमुख अतिथी खिल राज रेग्मीलाई उपहार प्रदान गर्नु भएको थियो । 

यस्तै मदनदास थापाले ‘ऊ पनि’, न्यूरोलोजिस डा. अर्जुन देव भट्टले ‘युद्ध विनाको युद्ध’, महेश प्रसाद रिजालले ‘मलाई त चर्मचछु भन्दा ज्ञान चछुकै माया प्यास लाग्छ’, बेज्जु शर्माले ‘यात्रा पाठशालाको’, परिक्षा कोइरालाले ‘शान्ति कहाँ छ’, आदि कविहरुले आफ्नो कविता पनि बाचन गर्नु भएको थियो ।