काठमाडौं – रोल्पाका एक फरार प्रतिवादीलाई २६ वर्षपछी प्रहरीले पक्रन सफल भएको छ ।
यसरी पक्राउ पर्नेमा जिल्लाको रोल्पा नगरपालिका ५ घर भई अहिले बसाइसराई गरी रोल्पाकै रुन्टीगढी गाउँपालिका १ रिठाबोट बस्दै आएका ९२ वर्षीय पहले कामी रहेका छन् । फरार रहेका अभियुक्त कामीलाई गत आइतबार अर्थात तिजको दिन साँझ साढे ५ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिएका छन् ।
उनलाई जिल्ला अदालत रोल्पाले २०५४ साल चैत १० गते कर्तव्य ज्यान मुद्धामा २१ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछी उनी फरार रहँदै आएका थिए । इलाका प्रहरी कार्यालय होलेरीको प्रहरी टोलीले घर नजिकै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी कामीलाई जिल्ला अदालत रोल्पामा बुझाइएको प्रहरीले जनाएको छ ।


0 comment