काठमाडौं – दाङका दुईवटा कारागारबाट हत्या अभियोगमा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका २२ जना कैदीहरु छुटेका छन् ।
संविधान दिवसको अवसर पारेर तुलसीपुर कारागारबाट १४ र यस्तैगरी घोराही कारागारबाट ८ जना कैदीहरुको बाँकी कैद मिनाहा हुनेगरी छोडिएको कारागार शाखा प्रमुख चिन्तमणी रेग्मीले बताएका छन् । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो ।
यसरी रिहा हुनेमा, हुनेमा हत्या अभियोगमा दोषी ठहर भइ आजीवन कारबासको सजाय पाएका नेपालगञ्ज उपमहानगरपालिका–४ निबासी रिगल ढकाल, कर्तव्य ज्यानका मुद्दामा बुटवल उपमहानगरपालिका–१३ निवासी बाबुलाल स्याङताङ, सल्यानको सिंद्धकुमाख गाउँपालिका–१ निवासी केसर सिंह बुढाथोकी, घोराही उपमहानगरपालिका– ८ निवासी, लालसरी बुढामगर, घोराही उपमहानगरपालिका–३ निवासी प्रकाश नेपाली, तुलसीपुर उपमहानगरपालिका–११ निवासी दिपक चौधरी,घोराही उपमहानगरपालिका–१४ निवासी रामबहादुर चौधरी, रुकुमको भूमे गाउँपालिका–४ निवासी विकेश बुढामगर, आठविसकोट नगरपालिका–१४ निवासी मनविर कामी र त्यसैगरी सवारी ज्यानका ५ जना, वहुविवाह १ जना, खोटाचलन १ जना, डाँका चोरी १ जना, हातहतियार खरखजना १ जना, नकवजनी ४ जना कैदीहरु रहेको रेग्मीले जानकारी दिएका छन् ।


0 comment