काठमाडौं – अरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका वडा नम्बर ३२, जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर सुविधासम्पन्न बसपार्क निर्माण गरेको छ । अनुमानित रकम १० करोड रुपैयाँ लगानी गरेर निर्माण भइरहेको बसपार्कमा ८ करोड खर्च भइसकेको छ भने २ करोडको फिनसिङको काम गर्न बाँकी रहेको अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले बताए ।
मासिक ८ लाख तिर्ने गरि उक्त जग्गा भाडामा लिएर बसपाकबर्् निर्माण गरेका हौं । सुविधाको हिसाबले नेपालको सबैभन्दा राम्रो बसपार्क बनाउने क्षेत्रीले दाबी गरे ।
चिया, खाजा, फलफूल, खाना खाने होटलका लागि २५ वटा सटर निर्माण भएको छ । बसपार्कमा आधुनिक प्रकारका टिकट काउण्टर राखिने र ‘डिजिटल भुक्तानी, अनलाइन सेवा लगायत रहेको अन्तर्राष्ट्रिय स्तरका टिकट काउन्टर रहन्छन् । करिब चार सय क्षमताको यात्रु प्रतीक्षालय निर्माण गरेका छौं । दैनिक ५ हजार यात्रुले प्रयोग गर्नसक्ने सुविधायुक्त निःशुल्क शौचालय, नुहाउन मिल्ने बाथरुमको व्यवस्था रहेको छ,’ उनले भने ।
बसपार्कमा एक पटकमा ६० वटा बस अट्ने क्षमता रहेको छ । तर, प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिका र प्रदेश यातायात मन्त्रालयले त्यसलाई सञ्चालन गर्न नदिने बताएका छन् ।


0 comment