काठमाडौं – कतिपय बिपन्न परिवारमा, परिवारका सदस्यको मृत्यु हुँदा आर्थिक अभावको कारण टायरमा जलाएर अन्तिम संस्कार गर्नु पर्ने बाध्यात्मक स्थिति भएको छ । यस्तै अवस्थालाई मध्येनजर गर्दै धनगढी उप–महानगरपालिका क्षेत्रमा स्थायी बसोबास गर्नु हुने बिपन्न परिवारका नागरिकको लागि उपमहानगरपालिकाले रु. ५ हजार सहयोग दिने भएको छ ।
नगर कार्यपालिकाको आईतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
धनगढी उपमहानगरपालिकाले नगरवासीको मृत्यु हुँदा सोहि दिन दाह संस्कार गर्नु पूर्व नगर प्रहरीलाई निःशुल्क टोल फ्री सम्पर्क नं. १८१०५००००९० मा जानकारी गराइ सक्नु पर्नेछ । नगरप्रहरीले जानकारी पाएमा घरमै दाह संस्कार खर्च बापतको रकम उपलब्ध गराउने छ ।
उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स सेवा र अन्तिम संस्कारका लागि शवबाहन निःशुल्क प्रदान गरिएकोे पनि मेयर हमालले जानकारी दिए ।


0 comment