काठमाडौं – तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–७ स्थाई घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्दै आएका ४२ वर्षीय गणेशबहादुर सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।
आरोपीत सिंहले बुद्धिराम पुनमगरलाई वैदेशिक रोजगारीका लागि तान्जानिया पठाइदिन्छु भनेर पीडितबाट रकम लिएर फरार रहदै आएका थिए । ठगी गरेर फरार भएका सिंहलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन कार्यालयलाई पत्राचार गरेको थियो ।
सिंहलाई आज काठमाडौंको सितापाइलाचोकबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।


0 comment