काठमाडौं ः एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमालेलाई स्वीकार्य न हुने बताएका छन् । 

मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृति आयोजित कार्यक्रममा बोल्दै देशमा राष्ट्रिय एकता खलबलिन हामी दिन सक्दैनौं साथै अरुको स्वार्थमा लागेर हाम्रो देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमाले र जनतालाई स्वीकार्य स्वीकार्य न हुने ओलीले बताएका हुन् । 

उनले केहि न केहि त्रुटी र कमजोरी हरेक संविधानमा हुने गरेकाले सच्याउन सकिने बताए । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनक्रममा देखा परेका नमिल्दा र व्यवहारमा त्रुटी  देखिएका विषय संशोधन गर्नुपर्ने धारणा राखेका छन । 

ओलीले संविधान जारी नगर्न संविधान सभाका अध्यक्ष नेम्वाङलाई दबाब आएको स्मरण गर्दै उनले दबाबकै बीच संविधान ल्याइएको बताएका छन् । उनले जीवन बलिदान र कठिनाई बाट अहिलेको संविधान निर्माण भएको र उपलब्धि गुम्न दिन नहुने बताएका छन् ।  

ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा देशलाई पुर्याउन एमाले प्रतिबद्ध रहेको बताए । उनले देशको भूमी, राष्ट्रियता, देशको सार्वभौम सत्ता, राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्न र सुशासन ल्याउन एमाले प्रतिबद्ध रहेको दोहो¥याए ।