काठमाडौं – प्रहरीले ब्राउन सगुर लागुऔषध सहित २ जनालाई मोरङको बिराटनगर महानगरपालिका वडा नं. १७ मटेरुवाबाट प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल र सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी रहेका छन् ।
प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाईकल भारतबाट नेपाल तर्फ आउनेक्रममा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला परेको थियो । पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।


0 comment