काठमाडौं – भरतपुर महानगरपालिका वडा नं. १२ स्थित खाजा पसलमा चेकजाँच गर्दा लुकाई राखेको अवस्थामा भारी मात्रामा लागुऔषध सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा ९४० ग्राम, प्रतिबन्धितऔषधि ट्रामाडोल ५७६६ ट्याब्लेट, प्रोमेथ २९३८ ट्याब्लेट, एनार्गन २७३५ ट्याब्लेट र नगद रु। १,००,६००। फेला परेको थियो ।
पक्राउ पर्नेमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १२ स्थित बस्ने खाजा पसलका सञ्चालक सुर्य बहादुर कार्की रहेका छन । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमाउक्त पसलमा छापा हानेको थियो ।
प्रहरीले सुर्य बहादुर कार्किलाई उल्लेखित लागुऔषध, प्रतिबन्धित औषधि र नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले बताउनु भयो ।


0 comment