काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा आइपुगेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी, युनान प्रान्तका स्थायी समिति सदस्य जेङ यानको नेतृत्वमा ६ सदस्यीय टोली चाइना एयरको जहाजबाट सोमबार विहान काठमाडौं आइपुगेको हो । टोलीमा वाङ यु, लाई योङ, वाङ थिङयाओ, फङ साओयून र थिएन रेनपाओ रहेका छन् । जेङ यान प्रान्तीय प्रचार विभागका प्रमुखसमेत रहेका छन् ।
काठमाडौं आएलगत्तै सो टोलीले उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँगभेट गरेको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच नेपाल र चीनबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । जेङ यान नेतृत्वको टोली पर्सी बुधबार राति सिंगापुर जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल असोज ५ गते अमेरिकाको न्युयोर्कबाट सिधै चीन भ्रमणमा जाँदैछन् । केही दिनअघि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका महासचिव शंकर पोखरेको नेतृत्वमा एक टोली चीन गएको थियो । उनीहरूले चीनका विभिन्न प्रान्त गई चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट गरेका थिए ।
यतीबोल नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न न्युयोर्कमा छन् ।


0 comment