शमसेर क्षेत्री,

सिन्धुपाल्चोक – बिद्यालय भवन पुन निर्माणमा ७० लाख रुपैया अनियमित भएको भन्दै आवश्य छनबिन गरि अनियमित कार्यमा समलग्न ब्यक्तिहरु माथी कारवाहीको माग गर्दै अख्तियार दुरुप्स्योग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको हो ।


 
सिन्धुपाल्चोक जिल्ला सुनकोशि गाउँपालिका ३ स्थित श्री महेन्द्र कान्ति माध्यामिक बिद्यालयको भवन २०७२ सालको भुकम्पले पुर्ण रुपमा क्षती पुर्याको हुदा उक्त बिद्यालय भवन पुननिर्माणको लागि भारतिय राजदुतावासले आर्थिक सहयोगमा दुई वटा भवन निर्माण भएको थियो ।

उक्त भवन निर्माण गर्ने क्रममा ठेकेदार,बिद्यालयका प्रधानाध्यापक केदार प्रसाद भण्डारी , तथा तात्कालिन वडा अध्यक्ष  रामहरी खड्काको मिलेमतोमा गुणस्तर हिन सामान प्रयोग गरि अनावश्यक भेरिफिकेशन  गराइ ७० लाख रुपैया हिनामिना गरेको उजुरीमा भनिएको छ ।

भवन निर्माण तथा फर्निचरको गुणस्तरका बारेमा स्थानियले चासो राखी सम्झौता पत्र हेर्न खोज्दा देखाउन नचाहेको कारण सत्य तथ्य कुरा बाहिर ल्याउनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्न बाध्य भएको स्थानियहरुको भनाइ छ ।

२०७९ साल चैत्र ३० गते दर्ता गराएको उजुरी बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बैशाख २० गते सुनकोशी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकलाइ उजुरिको बिषयमा छनबिन गरि पत्र प्राप्त भएको १५ दिन भित्र राय सहितको प्रतिबेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन पत्राचार गरेको छ ।