– दिपक श्रेष्ठ
काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चार जनाको हत्या प्रकरणमा समलग्नलाइ पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
यसरी सार्वजनिक हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ भैइ काडाघारी बिरेन्द्र चोक बस्ने बर्ष २३ को सन्जय भण्डारी रहेको छन ।
महानगरीय प्रहरी परिसर टेकुमा उनले दिब्य श्री फर्निचरमा पसेर आफूले चारजनाको हत्या गरेको स्वीकारेको थियो ।
बोल्न नसक्ने उनले लिखित रुपमा आई किल्ड फोर पिपुल भनेर चारजनाको हत्यामा आफ्नो संलग्नता प्रहरी समक्ष स्विकारेका थियो । प्रहरी ले भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको थियो ।
केहि समय अगाडि नवीन राइले भण्डारीलाई मोटरसाइकलले ठक्कर दिएको बारेमा कुरा गर्न मिलमा पुगेको र बिबाद बढ्दै गए पछि घरबाट झोलामा राखेर लगेको खुकुरी प्रहार गरि नवीन भन्ने बिशाल राई को हत्या गरेको थियो ।
राइको हत्या गरेको अरु तिनजनाले देखे पछि अपराध लुकाउन अरुको पनि हत्या गरेको काठमाडौ उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिह राठौरले बताउनु भयो ।
गैह्रीगाउँस्थित दिव्य स–मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो ।
हत्या हुनेमा गैह्रीगाउँको दिव्य सःमिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।


0 comment