काठमाडौं – दाङमा बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा तुलसीपुर १० गौरीगाउँ निवासी ३६ वर्षीय यज्ञ बहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लले जानकारी दिनुभएको छ । 

फरार रहेका के. सी.लाई प्रहरीले खोजतलास गर्ने क्रममा घोराही १५ को हिलटन होटेलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ । उनलाई सर्बोच्च अदालत काठमाडौले २०७९ माघ ४ गते बैंकिङ कसुर मुद्धामा १४ लाख ५० हजार रुपैयाँ जरिवानको फैसला गरेको थियो ।

पक्राउ परेका केसीलाई आज आइतबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले बताएको छ । साथै अपराधिक गतिविधीमा संलग्न रहि फरार रहेका व्यक्तिहरु सम्बन्धि कुने जानकारी वा सूचना भएमा तत्काल प्रहरीलाई खबर गर्न समेत प्रहरीले आग्रह समेत गरेको छ ।