काठमाडौं – वीरगन्जमा लागूऔषधसहित तीन जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरीले वीरगन्ज महानगरपालिका–१५, ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको जानकारी दिएको छ । 

ब्रम्हचोकमा चुराटे सेवन गरेर बसिरहेको अवस्थामा उनीहरूलाई शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट फेला परेको प्रहरीले बताएको छ । नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का १६ वर्षीय, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का १७ वर्षीय र बाराको प्रसौनी गाउँपालिका–३ का १७ वर्षीय बालकहरुसंग लागूऔषधसहित बरामाद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिएका छन् । 

पक्राउ परेका वालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरू विरुद्ध लागूऔषध सम्बन्धी कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई यसबारे अनुसन्धान भइरहेको थापाले जानकारी दिएका छन् ।