काठमाडौं – हेटौडामा चिकित्कसहरुले आन्दोलन गर्दा उपचार सेवा ठप्प भएको छ । 

उपचारका लागि अस्पताल पुगेका बिरामीहरु निराश भएर घर फर्कन बाध्य भएका छन् । चितवनमा भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई मेडिकल कलेजसहित अन्य साना अस्पतालमा ओपीडी सेवा बन्द हुँदा बरामीहरू घर फर्किन बाध्य भएका हुन् ।

अस्पतालमा जचाउन पुगेका बिरामी टिकट काउण्टर पुग्दै फर्किएका छन् । न चिकित्सक भेट्न पाए न उपाचर नै गराउन पाए । दैनिक दुई हजार बिरामी आउने भरतपुर अस्पतालको ओपीडी कक्ष अहिले सुनसान भएको छ ।  

हेटौडामा चिकित्सक कुटनेलाई कारबाहीको माग गर्दै यतीबेला देशभरका चिकित्सकहरु हातमा कालोपट्टी र ब्यानरसहित ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रेका छन् । ज्यानको सुरक्षा नभएको भन्दै सरकारलाई दबाब दिन उनीहरू आन्दोलनमा उत्रिएका हुन्। । चिकित्सकको आन्दोलनका कारण बिरामी यसरी मारमा परेका हुन् । 

आन्दोलन कुनै रहर नभएर बाध्यता भएको चिकित्सकहरुको भनाइ छ । शारीरिक र मानसिक रुपमा त्रसित भएको दुःखेसो गर्दै उनीहरूले सुरक्षाको माग गरेका छन् । नेपाल चिकित्सक संघ चितवन सचिव डा. सूर्यप्रसाद सापकोटाले चिकित्सकको ज्यान जोखिममा परेको भन्दै सुरक्षाको लागि आन्दोलनमा उत्रिएको बताएका छन् । 

डा. सूर्यप्रसाद सापकोटा भन्नु हुन्छ, डरैडरमा कसरी बिरामी जचाउन सकिन्छ र ? यो हाम्रो रहर होइन बाध्यता हो ।  कहाँ कतिबेला चिकित्सकले कुटाइ खान्छ थाहा नै भएन । कुटपिटमा संलग्न भएकालाई सरकारले पक्राउ नगरेकोमा उनीहरूले घोर आपत्ति गरेका छन् ।