काठमाण्डौ - २०८० भाद्र ३० गते शनिवार दिन विशाल नेपाल महाअभियानले चीनले हालै जारी गरेको नयाँ राजनीतक  नक्शा र शुन्य नम्वरको पिलर विषयक एक अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्यो । महाअभियानका संयोजक सुरेन्द्र ढकालले आमन्त्रित सबैलाई स्वागत गर्दै नेपाल चीन सीमाको अन्तविन्दुमा शुन्य नंवरको पिलर राख्न सकेमा मात्रै चुच्चे नक्शा कार्यान्वयनमा गई भारतलाई दवाव दिन सकिने कुरा उल्लेख गर्दै प्रधानमंत्री प्रचण्डलाई आफनो चीन भ्रमणतकालमा चिनिया समकक्षी समक्ष यो प्रस्ताव राख्नु पर्ने कुरामा सचेत गराउदै प्रधानमंत्रीबाट उक्त कार्य नभएमा विशाल नेपाल महाअभियानले विशाल नेपाल मुक्ति सेना गठनगरी नेपाली भूमी अतिक्रमण गरी वसेका भारतीय सुरक्षा फौजलाई लखेटने कुरा बताउनु भयो ।

उक्त अवशर आफ्नो मन्तब्य राख्दै सीमा विद बुध्दि नारायण श्रेष्ठले नेपालको पूर्व र पश्चिमको त्रिदेशीय सीमामा शुन्य नंवरको पिलर नभएको कारण सीमा विवाद स्थायी रुपमा समाधान हुन नसकेको हो भन्दै यसमा नेपाल र चीन सरकार दुबै गंभीर भई भारतलाई समेत समेटी त्रिदेशिय विन्दुमा शुन्य नंवरको सीमा खडा गर्नु पर्ने कुरा जिकिर गर्नु भयो । त्यस अवशर काजी वहादुर घिमिरेले कविता मार्फत र मोहमद राजा हुशैनले गीत मार्फत नेपालको सीमा मिचिदाको पिडा अभिब्यक्त गर्दै भारतलाई यस्ता विस्तारवादी कार्य नगर्न चेतावनी दिनु भएको थियो ।

विशाल नेपालका अर्का अभियन्ता इश्वरी प्रसाद भट्टराइले सीमा खडा गर्दाको अवस्थामा शुन्य नंवरको पिलर खडा गर्न कुन प्राविधिक कारण नसकिएको हो र सीमास्तभको नंवर कतिकतिको दुरीमा के आधारमा तय हुने गर्छ  भन्ने प्रश्न राख्नु भएको थियो । त्यस्तै अर्की अभियन्ता कविता आचार्यले हिन्द अमेरिकी मोर्चा विरुध्द चीन, रुस, उत्तर कोरिया, म्यानमार पाकिस्तान र वाग्लादेशसंग सहकार्य गरी विशाल नेपालको समुन्द्रसम्मको हक स्थापित गर्नु पर्ने बताउनु भयो । 

कार्यक्रम पश्चात बसेको विशाल नेपाल महाअभियानको नवौं पूर्ण बैठकले महाअभियानद्धारा सम्पन्न कार्यक्रमको समिक्षा गदै्र्र अभियानको केन्द्रिय अभियन्ता सदस्यमा महमद राज हुशैन सर्लाही, आरती रावल गिरी बाके, ममता श्रेष्ठ काठमाण्डौ, सुरेन्द्र शर्मा भक्तपुर, काजी बहादुर धिमिरे संखुवासभा र सुष्मिता थापा काठमाण्डौ लाई मनोनयन गर्यो । त्यसै गरी केन्द्रिय अभियन्ताद्धय प्रभात राज पाण्डे र सुरेन्द्र शर्मालाई कार्यसम्पादन समितिमा समेटने निर्णय गर्यो । पूर्णबैठकमा हरिशरण उपाध्याय, काजी वहादुर धिमिरे, सुष्मा बास्कोटा, वुध्द जिएमसी, मुना ओझा, महेश प्रेमी उदाश, निरा रंजित।, कविता आचार्य र तेजेन्द्र प्रसाईले महा अभियानका कार्यक्रमहरुलाई अर्झ ससक्त बनाउन र महाअभियान कार्यक्रमले भविष्यमा सबोधन गर्नु पर्ने मुध्दाहरुवारे सुझाव दिनु भएको थियो ।