शमशेर क्षेत्री, सिन्धुपाल्चोक

चौतारा सागाचोकगढी नगरपालिका ०९ बेसिगाउँ नजिकै पुलमा रहेको घुमाने पुल १ः१० बजे को समयमा खाडीचौरबाट आएको तेल ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिएको दिएको थियो । बनदेउबाट बलेफी जाँदै गरेको  बा ०२  ०३१ प ५९७६ नम्बरको मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएको थिए । घाइतेलाई धुलिखेल हस्पिटल लगिएको थियो र घाइतेहरुको उपचारको क्रममा निधन अस्पताल स्रोतले जनाइएको छ । मकवानपुर थाहा नगरपालिकाका २८ बर्षका भिम बहादुर तितुङ टयाङकर चालक  बनदेउ प्रहरी नियन्त्रणमा लिएको छ ।

मृतकहरु अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक मेलम्ची नगरपालिकाका नवीन राज पान्डे र सदस्य वासखर्क–६ का सुरज दोङ रहेका जनाइएको छ । हाल त्यहि ठाउँमा यस भन्दा अघि मात्रै ४२ जनाले ज्यान गुमाइसकेका छन् ।