काठमाडौं - ललितपुरमा इन्धनविरोधी मार्च पास गरिएको छ। 

युवाहरूले जावलाखेलदेखि पाटन दरबार स्क्वायरसम्म इन्धनविरोधी मार्चपास गरेका थिए। खनिज इन्धनले जलवायु परिवर्तनमा नकारात्मक असर पारेको र यसले पृथ्वीलाई नै खतरामा पारेको भन्दै युवाहरूले दबाब स्वरुप मार्चा पास गरेका हुन्।

विभिन्न संघसंस्थाले संयुक्तरूपमा आयोजना गरेको मार्च पासमा युवाहरूले खनिज इन्धन अन्त्य गर्न माग गरेका थिए। नेपालमा तेलको पाइपलाइन होइन, उचित लाइफलाइन चाहियो भन्दै उनीहरूले नारा लगाएका थिए।