काठमाडौं – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी एक महिलालाई गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा, निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिका वडा नमबर २ को गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढा रहेको ाष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिएका छन् । 

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो ।

मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् ।