काठमाडौं – खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा १९ वर्षीय अजित चौधरीको रहेका छन् । उनको बूढीगंगा गाउँपालिका–६ तिलाठीस्थित मोदा खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । माछा मार्नका लागि २४ वर्षीय बलराम पण्डितसँग मिलेर बाटोमा रहेको बिजुलीको पोलबाट विद्युत ‘हुक’ गरी खोलामा करेन्ट प्रवाह गरेको खुलेको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर दिउँसो ३ः५० बजेतिर चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ४ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
चौधरीसँग मिली खोलामा करेन्ट लगाएर माछा मार्ने कार्यमा संलग्न पण्डितलाई प्रहरीले नियन्त्रणमा लिई यस घटना बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

0 comment