काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विद्युतीय चुरोट भेपको आवरणमा भित्रिएको ९ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन छिट्टै बुझाइने जनाएको छ।

भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन्। उनी पनि सीआईबीकै हिरासतमा छन्। भेपमा सुन ल्याउने गिरोहका नाइके दावाजिन वाङसहितका तस्कर भने फरार छन्।

हिजो मात्रै सीआईबीले ब्रेक सुको आवरणमा लुकाइ ल्याएको ६१ किलो सुनको अनुसन्धान पूरा गरि ३२ जना विरुद्ध मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिबेदन बुझाएको छ भने १८ जनालाइ फरार सुचिमा राखेर खोजी जारी रहेकोजनाएको छ ।

६ वटा समुहले कम्पनी खोली सामान आयात गर्दा विभिन्न सामानमा लुकाइ सुन तस्करी गर्दै आएको मुद्दामा अनुसन्धान गर्न बाँकी रहेको र त्यस्लाइ पनि अनुसन्धान गरि अभियोजन लिएर जाने केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख किरण बज्राचार्यले बताउनु भयो ।.

सन् २०२१ देखि २०२३ जुलाईसम्म गिरोहले करिब १ अर्ब रुपैयाँ क्रिप्टोमार्फत कारोबार गरेको पनि खुलेको छ। सुन तस्करी, भन्सार छली, हुन्डी र अरू अपराधबाट आर्जित सम्पत्ति गिरोहले क्रिप्टो भुक्तानी ‘यूएसडीटी’ मार्फत गर्ने गरेको सीआईबीको भनाइ छ।