काठमाडौं – नेपालस्थित जापानी राजदूतावासले जाइका नेपालका प्रमुख ओकुबो आकिमिच माथी लक्षित गरी ढुङ्गा प्रहार भएको छ । 

दूतावासले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीको ढुंगा प्रहारबाट  उनी घाइते भएको र उनको सवारीसाधनमा क्षति भएको उल्लेख गरेको छ । नेपाल सरकारले विदेशी पर्यटक तथा वाह्य लगानीलाई प्रवर्धन गरिरहेको अवस्थामा यस्ता घटनाले नेपालको प्रयत्नलाई प्रतिकूल असर पर्दछ, भानी “विज्ञप्तिमा” भनिएको छ ।

साथै दूतावासले अग्रणी भूमिका खेल्ने जाइकाका प्रतिनिधि नै यस्ता घटनामा घाइते हुनु अत्यन्तै खेदजनक भएको टिप्पणी गरेको छ । ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनु चाहिँ अपराध हो । विज्ञप्तिमा भनिएको छ, अधिकांश नेपालीलाई थाहा भएकै कुरा हो, जापानले नेपालमा लोकतन्त्रको स्थायित्व र विकासमा एक इमान्दार मित्रका हिसाबले सहयोग गर्दै आइरहेको छ ।

प्रदर्शनकारीहरूले जाइका प्रमुख आकिमिचुलाई काठमाडौंमा ढुङ्गा प्रहार गरेको बताएपनि यस घटनाबारे दूतावासले थप जानकारी दिएको छैन । तर बुधबार त्रिचन्द्र क्याम्पस अगाडि उनीमाथि पदर्शनकारीहरुले ढुंगा प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, हामीले नेपालमा बसोबास गर्ने जापानी नागरिकहरूलाई यस्ता घटनादेखि जोगिन सचेत गराएका छौं । त्यसैगरी नेपाल विदेशीहरूका लागि शान्तिपूर्ण तथा आकर्षक मुलुक रहिरहने कुरामा हामी आशावादी छौं ।