काठमाडौं – संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ संविधान जारी गर्ने सफल राजनेता भएको बताएका छन् । साथै उपाध्यक्ष नेम्वाङको निधनले देश र पार्टीमा ठूलो क्षति पुगेको ओलीले बताएका छन् ।
नेपालको संसदीय प्रणालीको कार्यान्वयनमा नेम्वाङको भूमिका कसैले लिन नसक्ने जिकिर समेत गरेका छन् । नेम्वाङको निधनपछि सम्मानमा सरकारले कुनै कन्ज्युसाई नगरेको र यो सकारात्मक रहेको ओलीले बताएका छन् । सामाजिक सद्भाव, राष्ट्रिय एकतामा नेम्वाङको सदैव जोड रहने गरेको उनले स्मरण गरे।
एमाले संसदीय दलको बैठकले दलका उपनेता समेत रहेका नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।


0 comment