काठमाडौं - पछील्लो दुई महिनामा साउदी अरेबियामा ४३ जना नेपालीको मृत्यु भएको छ ।
साउदी अरेबियाको रियादस्थित नेपाली दुताबासका अनुसार वैदेशिक रोजगारीका क्रममा साउदीको पूर्वी क्षेत्रमा २७ जना, रियाद क्षेत्रमा १४ जना र अलकासिम क्षेत्रमा २ जना नेपालीको मृत्यु भएको हो जसमध्ये २४ जनाको स्वाभाविक मृत्यु, आत्महत्याका कारण ७ जना, ट्राफिक दुर्घटनाका कारण ३ जना, कार्यस्थल दुर्घटनाका कारण ४ जना, डुबेर १ जनाको मृत्यु भएको छ भने कारण नखुलेको ४ जना रहेका छन् ।
४३ जनामध्ये ३३ जनाको शव स्वदेश फिर्ता पठाइसकिएको छ। ४ जनाको शव गत मंगलबार स्वदेश फिर्ता पठाइएको छ भने बाँकी ६ जनाएको प्रक्रियामा रहेको छ ।
दुतावासका अनुसार गत मंगलबार पठाइएका शवहरु बर्दिया, पाल्पा, उदयपुर र मोरङ जिल्लाका रहेका छन्। उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक र सुल्दान फाहाद कम्पनीमा कार्यरत थिए ।
साउदीबाट नेपाल शव फिर्ता गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले करीब १ महिना लाग्ने दूतावासले जनाएको छ । नेपाली नागरिकको मृत्युको खबर प्राप्त हुनासाथ दूतावासले कम्पनीसँग आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेर सो कागजात प्राप्त हुनासाथ मृतकको परिवारलाई जानकारी गराउने गरेको छ।


0 comment