काठमाडौं – बैतडीमा डडेल्धुराबाट मेलौली जाँदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । 

पाटन–पञ्चेश्वर सडक अन्तर्गत पाटन नगरपालिका–६ अड्तोलामा मंगलबार राति साढे ९ बजे जिप दुर्घटना हुँदा तिनजना घाईत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । 

यसरी दुर्घटनामा परी घाईते हुनेहरुमा बैतडीको शिवनाथ गाउँपालिका १ का प्रकाश चाड र उनकी ५ वर्षीया छोरी अनुस्का चाड घाइते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये प्रकाशको टाउकोमा र अनुस्काको हातमा चोट लागेको प्रहरी निरीक्षक खत्रीले बताएका छन् । 

घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपमा ११ जना सवार रहेका भएपनि अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

जिपका चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमालिई यसबारे थप अनुशन्धान गरी रहेको प्रहरीले जानकारी दिएको छ ।