काठमाडौं – मलद्वारमा लुकाईछिपाई सुन ल्याएको वस्थामा काठमाडौं विमानस्थलबाट एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार विहान दुबईबाट हिमालयन एयरलाइन्सद्वारा काठमाडौं आईपुगेका काभ्रेका बाबुलाल दोङलाई विमानस्थलको सडक पेटीमा डुलिरहेका अवस्थामा शंका लागि चेकजाँच गर्दा मलद्वारमा लुकाई राखेको सुन प्रहरीले फेला पारेको हो ।
भन्सार छलेर अबैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सुचनाका आधारमा तस्कर खोज्न जिल्ला प्रहरी परिसर काठमाडौँको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा ११ बजे पुगेको थियो । विमानस्थलको सडक पटीमा हिड्दै गरेका दोङलाई पक्राउ गरी सोधपुछ गर्दा सुन मलद्वारमा लुकएर ल्याएको खुल्न आएपछि उनी पक्राउ परेका हुन् ।
पक्राउ परेका दोङलाइ प्रहरी वृत्त गौशालामा लगेर मलद्वारबाट सुन निकालिएको छ । साथै कालो टेपले बेरीएको अवस्थामा २ वटा लाम्चो र डल्लो सुन प्रहरीले बरामद गरेको छ ।
उनको बयानका अधारमा खोजतलास गर्ने क्रममा आज काठमाडौँको ढल्कुस्थित बिगमार्टको पार्किङमा अरु थप दुई व्यक्तिहरु पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा काभ्रेकै ३३ वर्षका जगत लामा र सोह जिल्लाको महाभारत गाउँपालिका बस्ने ३६ वर्षका मिङ्मा दोर्जे स्याङ्तान रहेका प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय पठाइएको परिसरका प्रहरी नायब उपरीक्षक अनिल अधिकरीले बताएका छन् । उनीहरुको साथबाट झण्डै एक किलो (९६० ग्राम) सुन बरामद भएको छ । यस्तै हिमालयन एयरलाइन्सको टिकट, क्रेटा गाडी र बुलेट मोटरसाइकल पनि बरामद गरिएको छ ।
यस घटनामा एक व्यक्तिको मात्र संलग्नता नभएको प्रहरीको अनुमान छ । उक्त घटनालाई सुक्ष्म तरिकाबाट अनुशन्धान गरीरहेको पनी प्रहरीले जानकारी दिएको छ ।


0 comment