काठमाडौं –  जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य एवं प्रदेश सांसद विन्दु कुमारी यादवको आज विहान निधन भएको छ । यादव समानुपातिक सांसद थिइन् । 

महोत्तरी घर भएकी ४४ वर्षीया यादव दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।  १० दिन देखि प्रादेशिक अस्पताल जनकपुरको आइसियु कक्षमा भर्ना भएर उपचार गराई रहेकी थिइन् ।

उपचारकै क्रममा आज विहान साढे आठ बजेतिर निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले जानकारी दिए ।