काठमाडौं – प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री एनपी साउद पनि सहभागी थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो ।
उनीहरूबीच अमेरिका भ्रमण र चीन भ्रमणका एजेण्डाका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले आइतबार पूर्वप्रधानमन्त्री, दलका नेता र परराष्ट्र विज्ञसँग एजेण्डाका विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदैछन् । असोज ४ गते प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल अमेरिकाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका रहेको श्रोतले जनाएको छ ।


0 comment